नेपालगञ्जमा कोरोना संक्रमणबाट थप पाँचको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख २६ गते ९:१८ मा प्रकाशित

नेपालगञ्ज, २६ वैशाख– बाँकेमा कोरोना संक्रमणबाट थप पाँच जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा एक महिला र चार पुरुष छन् । नेपालगञ्ज उपमहानगरपालिका–१५ का ७३ वर्षीय पुरुष, सोही ठाउँकी ५३ वर्षीया महिला, नेपालगञ्ज–११ का ४३ वर्षीय पुरुष, कैलाली लुम्की चुहा–१ का ४३ वर्षीय पुरुष र दाङको तुलसीपुर नगरपालिका– ६ का ४१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनीहरुको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us