जसले ९० वर्षीया हजुरआमालाई बञ्चरोले हानेर हत्या गरे

काठमाण्डु टुडे २०७८ वैशाख २५ गते १९:५५ मा प्रकाशित

मकवानपुर, २५ वैशाख– मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ दियालो दमारमा एक युवाले वयोवृद्ध हजुरआमाको हत्या गरेका छन् ।

२२ वर्षीय आकाश गुरुङले हजुरआमा ९० वर्षीया कान्छीमाया गुरुङको हत्या गरेका हुन् । आकाशलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीका अनुसार घरायसी विवादमा आकाशले शुक्रबार साँझ हजुरआमालाई बन्चरो प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी कान्छीमायाको जिल्ला अस्पताल हेटौंडामा उपचारका क्रममा ज्यान गएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us