मुलुकमा अनिष्टको संकेत, दोलखा भिमसेनको शिलामा पसिना आयो

काठमाण्डु टुडे २०७८ वैशाख २५ गते १४:०९ मा प्रकाशित

दोलखा, २५ वैशाख– दोलखा भिमसेनको शीलामा पसिना आएको छ । शनिबार दिउँसो करिब १ बजेतिर शिलामा पसिना आएको हो ।

भिमेश्वर मन्दिरको शिलामा पसिना आएपछि मुलुकमा अनिष्ट हुने विश्वास छ । यसअघि गत मंसिरमा पनि शिलामा पसिना आएको थियो । अनिष्टको चर्चा हुँदाहुँदै ५ पुसमा प्रधानमन्त्री केपी ओलीको संसद विघटन गरेका थिए ।

भिमसेनको शिलामा पसिना आएपछि क्षमा पूजा गरे अनिष्ट टर्ने जनविश्वास रहिआएको छ । यसैबीच शिलाको क्षमा पूजाका लागि दनेलाखाका प्रजिज, प्रहरी प्रमुखसहित भिमेश्वर मन्दिर पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us