आकासियो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ वैशाख २४ गते १२:४३ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख– शुक्रबार नेपाली बजारमा सुनको मूल्य आकासिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारको तुलनामा शुक्रबार एकै दिन प्रतितोला एक हजार एक सय रुपैयाँले बढ्दै सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कामय भएको हो । गत बिहीबार बजारमा सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार २०० रुपैयाँ कामय भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्य समेत शुक्रबार बढेको छ । गत बिहीबार प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एकैदिन ३५ रुपैयाँले बढेर एक हजार ३५० रुपैयाँ कायम भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us