ललितपुरमा अक्सिजन सिलिन्डर संकलन

काठमाण्डु टुडे २०७८ वैशाख २४ गते ११:१३ मा प्रकाशित

ललितपुर, २४ वैशाख– ललितपुरमा प्रहरी परिचालन गरेर अक्सिजन सिलिन्डर संकलन गरिएको छ । अस्पतालमा कोरोना संक्रमित बिरामीहरु बढेपछि अत्यावश्यक अक्सिजन सिलिन्डर संकलन गरिएको हो । महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन गरिएको १ सय ५९ वटा सिलिन्डर जिल्लाका ४ वटा अस्पताललाई बितरण गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले कोभिडका विरामीको प्रयोजनका लागी ति सिलिन्डर वितरण गरेको हो ।
डिसिसिएमसीको निर्णय अनुसार पाटन अस्पताललाई ५० थान, किष्ट मेडिकल कलेजलाई ५० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पतालाई १५ थान अक्सिजन सिलिन्डर वितरण गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us