भरतमोहनअधिकारी फाउण्डेशनले ज्येष्ठ नागरिकलाई पढाउने

काठमाण्डु टुडे २०७८ वैशाख २२ गते १७:४६ मा प्रकाशित

काठमाण्डौं, २२ वैशाख– भरतमोहनअधिकारी स्मृति प्रतिष्ठानले ज्येष्ठ नागरिकहरुकालागि शैक्षिककार्यक्रम सञ्चालनगर्ने भएको छ । स्वर्गीय उपप्रधानतथा अर्थमन्त्रीएवं वरिष्ठ वामपन्थी नेता भरतमोहनअधिकारीको ८६औं जन्मजयन्तीकाअवसरमाबुधबार आयोजितभर्चुअलकार्यक्रममार्फत शैक्षिककार्यक्रम घोषणा गरिएको हो ।

पmाउण्डेशनकातर्फबाट भरतमोहतपुत्रीलीमाअधिकारीले ‘ज्येष्ठ नागरिकहरुकालागिआधारभूत शैक्षिककार्यक्रम’ घोषणा गरिन् । उनले निरक्षरताका कारण विभिन्नअवसरबाट बञ्चितज्येष्ठ नागिरककालागिउपयोगीहुने उद्देश्यले शैक्षिककार्यक्रम सञ्चालनगर्न लागिएको जानकारी दिइन् ।

एक वर्षे शैक्षिककार्यक्रममार्फत निरक्षर ज्येष्ठ नागरिकहरुलाई सामान्यलेखपढगर्न, हिसाब राख्न, मोबाइलफोन, इलेक्ट्रोनिक सामानर टेलिफोन प्रयोग गर्न तथासडक संकेतबारे जानकारी लिन सक्नेबनाइने अधिकारीले बताइन् ।

पहिलो चरणमा ललितपुरको बुङमतिमाज्येष्ठ नागिरककालागिआधारभूत शैक्षिककार्यक्रम सुरु गरिनेछ । तत्कालप्रदेशतीन र क्रमशः सातवटै प्रदेशमाज्येष्ठ नागरिक आधारभूतशैक्षिककार्यक्रमसञ्चालनगर्ने उद्देश्य राखिएको उनले उल्लेख गरिन् । पहिलो चरणमा ६० वर्ष उमेर नाघेका ३० जनानिरक्षर वृद्धवृद्धा छनौट गरेर कार्यक्रम सञ्चालनगरिने फाउण्डेशनले जनाएको छ । सार्वजनिकबिदाकादिनबाहेक हरेक दिनदुई घण्टादरलेकक्षासञ्चालनगरिने छ ।

कक्षामाएक को–अर्डिनेटर, नेपाली र स्थानीयभाषामादख्खलराख्ने स्नातकोत्तर अध्ययन गरेका प्रमुखशिक्षक र प्लस टुअध्धयन गरेका सहायकशिक्षकको व्यवस्थामिलाइएको छ । अधिकारीले कक्षामा सहभागीहुनेज्येष्ठ नागरिकलाई शैक्षिक सामग्र्री, मोबाइल, बस, झोला र दिवाखाजाको व्यवस्था फाउण्डेशनले नै गर्ने घोषणा गरिन् । यस्तै प्रयोगात्तमसिकाइकालागिआवश्यकताअनुसार वृद्धवृद्धालाई शैक्षिक भ्रमणसमेत गराइने कार्यक्रम छ । सिकाइमापनगर्न हरेक महिनाआंशिकर १२औं महिनामाअन्तिम परीक्षालिइने छ । अन्तिममा प्रमाणपत्र समेत उपलब्ध गराउने फाउण्डेशनले जनाएको छ ।

कार्यक्रममाज्येष्ठ नागरिकका क्षेत्रमाकार्यरत संस्थाएजिङ नेपालकानिर्देशकप्रकाशगौतमले ज्येष्ठ नागरिकलाई राज्यले हेर्नुपर्छ भन्ने कामको पहिलो पाइला भरतमोहनअधिकारीकातर्फबाट सुरु भएको बताए । भरतमोहनले थालेको एक सय रुपैयाँ वृद्धभत्ता बढेर हालतीनहजार पुगेको भन्दै उनले उक्तकामका कारण अधिकारी सदैव जीवित रहने उल्लेख गरे ।

ज्येष्ठ अशिक्षितहुँदा युगअनुसार चल्ननसक्ने र जीवनयापन कठिन हुने भएकाले उनीहरु शिक्षितहुन जरुरी रहेको उनको भनाइथियो । ज्येष्ठ नागरिकलाई सशक्तीकरण गर्न अध्ययनजरुरी रहेको स्पष्ट गर्दै गौतमले विदेशमा रहेका सन्तानलाई फोन गर्न र आएको फोन फर्काउननसक्नेको संख्या धेरै रहेको बताए । ‘आमाबाबु निरक्षर हुँदा छोराछोरीलाई पनि समस्याहुने गरेको छ’, गौतमले भने, ‘ज्येष्ठ नागरिकलाई बोझ सम्झने सामाजिकमनोविज्ञान झाँगिएकाले यस्तो कार्यक्रमप्रभावकारी हुने विश्वास हामीलाई छ ।

’कूल जनसंख्याको ११ प्रतिशतअर्थात ३५ लाख बढी ज्येष्ठ नागरिक रहेकाले उनीहरुकालागिकामगर्नुपर्नेमाजोड दिए। ज्येष्ठ नागरिकप्रतिको दुव्र्यहारको प्रमुख कारण बुढ्यौलीजीवनको योजनाबनाउननसक्नु भन्दै उनले अहिले युवा र प्रौढ अवस्थामा रहेकाहरुले छोराछोरी र परिवारको सँगै आफ्नो बुढ्यौलीजीवनको योजनापनिबनाउन सुझाए । संयुक्त राष्ट्रसंघीय सहश्राब्दीविकास लक्ष्यको चौथोनम्बरमा ‘एडुकेशन फर अल’कार्यक्रम समावेश भएको चर्चा गर्दै उनले शिक्षा र प्रविधिजोडेर ज्येष्ठ नागरिकलाई सँगै लैजानुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममाशिक्षाविदगोविन्द् गजुरेलले भरतमोहनअधिकारीको नामलिने बित्तिकै ज्येष्ठ नागरिकको अनुहार अगाडि आउँने बताए । ज्येष्ठ नागरिक, एकलमहिला, सुत्केरी भत्ताजस्ता सामाजिक सुरक्षाका सवालमा भरतमोहनअधिकारीले थालेका प्रयास अहिले समाजको अभिन्नअंगभएको गजुरेलले उल्लेख गरे । वृद्धवृद्धाका लागिमात्रनभई महिलासशक्तिकरणमा समेत भरतमोहनको योगदान रहेको चर्चा उनले गरे । महिलाकानाममाजग्गाको रजिस्टे«शनपास गर्दा लाग्ने शुल्कमा छुट दिने भरतमोहनको नीतिले महिलालाई सम्पत्तिको मालिकबनाएको उनको भनाइथियो ।

शिक्षाविद्जनकराजतुलाधरले परिवर्तित सन्दर्भमा ज्येष्ठ नागरिकलाई प्रविधिप्रयोगमा जटिलता रहेकाले शिक्षाले घरमा सीमितहुनुपर्ने अवस्थाको अन्त्यगर्ने विश्वास व्यक्त गरे । पाउण्डेशनकीअध्यक्षएवं भरतमोहनअधिकारीपत्नि सविताअधिकारीले स्वर्गीय भरतमोहनमाज्येष्ठ नागिरकप्रति ठूलो आस्था, विश्वास र सदभाव रहेको स्मरण गरिन् ।

ज्येष्ठ नागिरकप्रतिको सम्मान स्वरुप०५१ सालमाअल्पमत सरकारको अर्थमन्त्रीहुँदाभरतमोहनले वृद्धभत्ताको कार्यक्रम सुरुआत गरेको बताइन् । सुरुमा सानै रकमभएपनित्यसले देशभर वृद्धवृद्धामा राम्रो प्रभावपारेको र अहिले माशिकतीनहजार पुगेको भन्दै उनले ०५१ यताबनेका विभिन्नदलका सरकारले उक्तकार्यक्रमहटाउन नसकेको उल्लेख गरिन् । ‘आफ्नो गाऊँआफैंबनाऔं, गाउँगाउँमा सहकारी, घरघरमाभकारी, वृद्धभत्ता, एकलमहिलाभत्ताजस्ताकार्यक्रमले भरतमोहनजनताकाबीचमालोकप्रिय हुनुहुन्छ’, उनले भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us