घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ वैशाख २२ गते ११:५४ मा प्रकाशित

काठमाण्डु, २२ वैशाख– बुधबार बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार प्रति तोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक सय रुपैयाँले घट्दै ९० हजार ३०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रति तोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ त्यस्तै यता बुधबार चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको छ ।

महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले घट्दै बुधबार एक हजार ३२० रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us