बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ वैशाख २१ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– बजारमा गत सोमबार ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा थप २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य आज ९० हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने मंगलबार प्रति तोला २५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३२५ रुपैयाँ कायम भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us