बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ वैशाख २० गते ११:४२ मा प्रकाशित

काठमाण्डु, २० वैशाख– नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । सोमबार ४०० रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ । गत आइतबार बजारमा अधिकतम ९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । महासंघका अनुसार सोमबार यता चाँदीको मूल्यमा पनि केही वृद्धि भएको छ ।

गत आइतबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ कायम भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us