सुनको मूल्यमा सामान्य वृद्धि

काठमाण्डु टुडे २०७८ वैशाख १९ गते ११:३२ मा प्रकाशित

काठमाण्डु, १९ वैशाख– साताको पहिलो दिन सुनको मूल्यमा समान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको छ ।

यता चाँदीको मूल्यमा भने गत शुक्रबारकै मूल्य कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि पनि सोही मूल्य कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us