अमेरिकाद्वारा नेपाललाई ८५ लाख डलर सहयोग घोषणा

काठमाण्डु टुडे २०७८ वैशाख १८ गते १६:१७ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख– अमेरिकाले नेपाललाई कोरोना महामारीसँग जुध्न ८५ लाख डलर सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपालमा महामारीले विकराल रुप लिएकाले थप सहयोग गर्ने उल्लेख गरेको हो ।

दूतावासको विज्ञप्तिमा आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत् सो सहयोग प्रदान गरिएको उल्लेख छ ।

उक्त सहयोगबाट नेपाललाई कोभिड–१९ महामारीको परीक्षण, अनुसन्धान, कन्ट्याक्ट ट्रेसिङ, उपचार, संक्रमण रोकथाप, नियन्त्रण, सीमा नियन्त्रण र संघीय, प्रादेशिक तथा स्थानीय तहका लागि सहयोग पुग्नेछ विश्वास गरिएको छ’, दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा कोरोना महामारीको सुरुआती चरणदेखि नै नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै दूतावासले महामारीविरुद्धको लडाईंमा नेपाली जनता र नेपाल सरकारसँग सँधै साथमा रहने प्रतिबद्धता जनाइएको छ ।

विज्ञप्तिमा अमेरिका र नेपालबीचको ७० वर्ष लामो बलियो सहकार्य र साझेदारी थप बलियो हुने विश्वास अमेरिकाको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us