घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ वैशाख १७ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, १७ बैशाख– नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहिबार प्रति तोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एक हजार एक सय रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँ कायम भएको हो ।

यता, तेजाबी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ । शुक्रबार प्रति तोला अधिकतम एक हजार एक सय रुपैयाँले सुनको मूल्य घटेका बेला यता चाँदीको मूल्यमा गिरावट आएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रति तोला २० रुपैयाँले गिरावट आउँदै एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us