निषेधाज्ञामा बढ्यो शेयर बजार

काठमाण्डु टुडे २०७८ वैशाख १६ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, १६ वैशाख– काठमाण्डु उपत्यकामा निषेधाज्ञा लागू भएको पहिलो दिन बिहीबार सेयर बजार मापक नेप्से उकालो लागेको छ ।

साताको अन्तिम दिन नेप्सेमा २५.८२ अंकले वृद्धि भएको हो । ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको ८ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा समग्रमा नेप्से एक प्रशितले बढेको छ ।

होटल तथा पर्यटन र लगानी समूहबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । सिंगटी हाइड्रो पावर र महिला लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us