काठमाण्डु, १५ बैशाख– बजारमा बुधबार सुनको मूल्यमा अधिकतम ७०० रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकै दिन ७०० रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँ कायम भएको हो
। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापा वाल सुन प्रति तोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ ।