पेन्सनका लागि विवरण दिन राष्ट्र बैंकको आग्रह

काठमाण्डु टुडे २०७८ वैशाख १४ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, १४ बैशाख– नेपाल राष्ट्र बैंकले अवकाश पाएका आफ्ना कर्मचारीलाई निवृत्तिभरण (पेन्सन)का लागि आफ्नो बैंक खाताको विवरण दिन आग्रह गरेको छ ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकले मासिक निवृत्तिभरण रकम सोझै पाउन बैंक खाताको विवरण पठाउन भनेको हो ।
राष्ट्र बैंकको बैंकिङ कार्यालय र प्रदेशस्थित कार्यालयमा सम्पर्क गर्न राष्ट्र बैंकले एक सूचनामार्फत भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us