धरानमा विराटनगरका कोरोना संक्रमितको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख १४ गते १२:१८ मा प्रकाशित

धरान, १४ बैशाख– विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका एक संक्रमितको मृत्यु भएको छ ।
सोमबार राति साढे ९ बजे विराटनगर महानगरपालिका–१५ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतक पुरुषलाई नोबेल मेडिकल कलेजले उपचारका लागि धरान रेफर गरेको थियो ।

उनलाई वैशाख ७ गते कोरोना पुष्टि भएको थियो । ९ वैशाखमा भर्ना भएका पुरुषको प्रतिष्ठानको कोभिड १९ अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चुडामणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुषमा मधुमेह र उच्चरक्तचापको समस्या थियो ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिउँसो विराटनगरकै ७५ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको थियो । विराटनगर महानगरपालिका– १२ का ७५ वर्षीय वृद्ध पुरुषको सोमबार दिउँसो १ः५५ मा मृत्यु भएको सह–प्रवक्ता डाक्टर पोखरेलले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us