काठमाण्डु, १४ बैशाख– नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रति तोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा मंगलबार एक सय रुपैयाँले गिरावट आउँदै ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको हो भने तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा मंगलबार सामान्य मूल्य वृद्धि भएको छ । महासंघका अनुसार चाँदीमा प्रति तोला ५ रुपैयाँले वृद्धि हुँदै मंगलबार प्रति तोला १ हजार ३१५ रुपैयाँ कायम भएको हो ।