सुनको मूल्य घट्यो

काठमाण्डु टुडे २०७८ वैशाख १२ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, १२ बैशाख– नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार प्रति तोला ४ सय रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, चाँदीको मूल्यमा भने प्रति तोला १० रुपैयाँले घट्दै आइतबार १ हजार ३१० रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us