पूर्वराजा ज्ञानेन्द्रसहित ३ जनाको अवस्था सामान्य

काठमाण्डु टुडे २०७८ वैशाख ११ गते १४:२० मा प्रकाशित

काठमाण्डु, ११ बैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका ३ जना नर्भिक अस्पताल भर्ना भएका छन् । उनीहरु शनिबार दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका अनुसार अस्पताल भर्ना हुनेमा पूर्वराजा ज्ञानेन्द्र सहित पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा रहेका छन् । ‘कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ’, अस्पतालले भनेको छ, ‘उहाँहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us