ओलीसँग भेटेपछि माधव नेपालको प्रतिक्रिया

काठमाण्डु टुडे २०७८ वैशाख ९ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, ९ बैशाख–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता सकिएको छ । डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो ।

त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ । भेटपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिएका नेता नेपालले भने, ‘कुराकानीमा कुनै प्रगति छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us