लगातार ओरालो लाग्यो सेयर बजार

काठमाण्डु टुडे २०७८ वैशाख ८ गते १६:०० मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– साताको पहिलो दिनदेखि लगातार ओरालो लागेको सेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि घटेको छ ।

बुधबार नेप्से ३२.४१ अंकले घटेर २६ सय ३२.२१ बिन्दुमा कायम भएको छ । बुधबार २ सय १४ कम्पनीका ५ अर्ब ७७ करोड रुपैयाँ बराबरका १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता शेयर खरिद बिक्री भए । नेप्से घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ ।

समग्रमा बजार ओरालो लोग पनि ४ कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बुधबार ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त वित्तीय संस्था, ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

यस्तै लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य सवार्धिक ५.१७ प्रतिशतले घटेको छ । सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक १२ उपसमूहको परिसूचक घटेको छ । विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us