सेयर बजारमा करेक्सन, ३५.८९ अंकले घट्यो नेप्से

काठमाण्डु टुडे २०७८ वैशाख ५ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख– साताको पहिलो दिन आइतबार शेयर बजार ओरालो लागेको छ ।

अघिल्लो साता लगातार बढेको नेप्से परिसूचमा आइतबार सामान्य करेक्सन देखिएको हो । आइतबार नेप्से ३५.८९ अंकले घटेर २ हजार ६ सय ९९.५१ बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ६.२९ अंक घटेर ४८६.१६ बिन्दु कायम भएको छ ।

नेप्से घटे पनि कारोबार रकममा भने केही वृद्धि भएको छ । आइतबार २ सय ७ कम्पनीको ९३ हजार ५ सय ६८ पटकको कारोबारमा ८ अर्ब ८० करोड १८ लाख ३ हजार रुपैयाँ बराबर १ करोड ९५ लाख २८ हजार कित्ता शेयर खरिद बिक्री भएको छ ।

समग्रमा बजार घटे पनि तीन कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । महिला माइक्रो फाइनान्स, ज्योति लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको मात्र परिसूचक बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us