नयाँ वर्षको सुरुवातसँगै सुनको मूल्यमा वृद्धि

काठमाण्डु टुडे २०७८ वैशाख २ गते ११:५२ मा प्रकाशित

काठमाण्डु, २ बैशाख– नयाँ वर्षको सुरुवातसँगै बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । गत वर्षको अन्तिम मंगलबार अधिकतम ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य नयाँ वर्षको दोस्रो दिन तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने प्रति तोला एक हजार २९० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ३० रुपैयाँले वृद्धि भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us