यस वर्षको अन्तिम दिनः सेयर बजारमा नयाँ रेकर्ड

रासस २०७७ चैत ३१ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, ३१ चैत २०७६ को अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड कायम भएर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक र बजार पुँजीकरण दुबैले ऐतिहासिक रेकर्ड राख्दै मंगलबारको कारोबार बन्द भएको छ ।

मंगलबार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई हजार ६९१.५५ मा पुगेको छ । नेप्सेले अब दुई हजार ७०० को यात्रा तय गरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८०.२९ मा पुगेको छ ।

कूल २१६ कम्पनीको एक करोड ३८ लाख २१ हजार ५७३ कित्ता सेयर रु सात अर्ब ६१ करोड आठ लाख ८२ हजार ५० मा कारोवार भयो ।

सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब २६ अर्ब ८० करोड ६५ लाख ६० हजारको हाराहारीमा पुगेको छ । यो मुलुकको कूल ग्रार्हस्थ उत्पादन (जिडिपी)को हाराहारी हो ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको सेयर ओरालो लागेको छ भने सात उपसमूहको सेयर उकालो लागेको छ । बैंकिङ १७.८१, विकास बैंक ३९.३६, निर्जीवन बीमा १६३.७६, उत्पादन १४.०६, लघुवित्त १८८.५६, जीवन बीमा १९७.७९ र सामूहिक लगानी कोष ०.०२ ले उकालो लागेको छ ।

यस्तै, व्यापार ६९.६२, होटल तथा पर्यटन ७५.१९, जलविद्युत् ४२.६७, वित्त १.३६, अन्य २९.७२ र लगानी ०.३३ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा एनआइसि एशिया लघुवित्त ९.९६, महिला लघुवित्त ९.९५, छ्याङ्दी हाइड्रोपावर ९.८७, ज्योति लाइफ इन्स्योरेन्स ९.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.८० प्रतिशतले कमाए ।

यसैगरी साञ्जेन जलविद्युत् कम्पनी ४.४१, हिमाल दोलखा हाइड्रोपावर ३.९५, यूनाइटेड मोदी ३.६५, यूनिभर्सल पावर कम्पनी ३.४७ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए ।

कारोवारका आधारमा आज एनआइसि एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु २५ करोड सात लाख १८ हजार ४७६ कारोवार भयो ।

यस्तै, नविल बैंक रु २४ करोड ५३ लाख ५६ हजार ९६०, नेपाल पूर्वाधार बैंक रु २२ करोड ११ लाख ९७ हजार ५७०, नेपाल बैंक रु २१ करोड ४६ लाख १३ हजार ४९५ र गरिमा विकास बैंक रु १९ करोड ८१ लाख ११ हजार ९५४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us