सिँगटी हाइड्रोको आइपिओ बाँडफाँड, १२ लाख बढीको हात खाली

काठमाण्डु टुडे २०७७ चैत २७ गते १५:५९ मा प्रकाशित

काठमाण्डु, २७ चैत– सिँगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज बिहान सिँगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आइपिओ बाँडफाँड गरेको हो । आईपीओ कुल २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले हात पारे ।

कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ ।

योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ । कम्पनीले दोलखामा २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजनाको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रु २२ करोड हुने प्रक्षेपण छ । आईपीओको नतिजा मेरोशेयर, सिडीएसले आईपीओ नतिजाको लागि तयार पारेको नयाँ वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० ले आईपीओ पाएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us