सुनको मूल्य बढ्यो

काठमाण्डु टुडे २०७७ चैत २४ गते ११:४९ मा प्रकाशित

काठमाण्डु, २४ चैत– नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३०० रुपैयाँले बढेको हो । तोलामा ८७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा १२३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us