स्व.गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने

रासस २०७७ चैत २३ गते १३:४५ मा प्रकाशित

मोरङ, २३ चैत– स्व.गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता यहाँ हुने भएको छ ।

विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले जानकारी दिए । प्रतियोगितामा ६ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ ।

१७ वर्ष मुनिका छात्रछात्रा, ४५ वर्षमाथि र ५५ वर्षका पुरुष एकल तथा महिला एकलबीच प्रतिस्पर्धा हुनेछ । विजेताले नगद रु २५ हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु १५ हजार र तेस्रोले जनही रु १०÷१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खुल्ला प्रतियोगितामा सबै खेलाडीले भाग लिनसक्ने संयोजक डाँगीले बताए । क्लबले गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us