बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण

काठमाण्डु टुडे २०७७ चैत २२ गते १२:१८ मा प्रकाशित

काठमाण्डु, २२ चैत–  बलिउड अभिनेता अक्षय कुमारलाई पनि कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। अक्षयले एक ट्वीटमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु,’ उनले लेखेका छन्, ‘सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु।’

कोरोना भाइरससँग लड्नको लागि आवश्यक औषधी लिइरहेको पनि उनले जानकारी दिएका छन्। केही दिन अगाडी अभिनेता आमिर खान र अभिनेत्री आलिया भट्टलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us