रेल दुर्घटनामा ५० जनाको मृत्यु

काठमाण्डु टुडे २०७७ चैत २१ गते १३:०२ मा प्रकाशित

एजेन्सी– ताइवानमा रेल दुर्घटना हुँदा कम्तिमा ५० यात्रुको मृत्यु भएको छ ।

राजधानी ताइपेइबाट ताइतुङतर्फ छुटेको द तरोको एक्स्प्रेसको रेलमा ४ सय ५० यात्रु सवार थिए । रेल हुवालियन क्षेत्रमा दुर्घटना भएको हो ।

बीबीसीका अनुसार सुरुङभित्रको रेल लिक छाडेर लरीमा ठोक्किएपछि दुर्घटना भएको हो । घटनामा घाइते भएका करिब ७० यात्रुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ताइवानको रेल विभागले दुर्घघटनाबारे विस्तृत अनुसन्धानपछि मात्र थप बताउन सकिने जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us