घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७७ चैत १८ गते ११:४४ मा प्रकाशित

काठमाण्डु, १८ चैत–  नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १२१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर तोलामा ११९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us