आर्मी क्लब र किर्गिस्तानबीचको खेल निःशुल्क हेर्न पाइने

काठमाण्डु टुडे २०७७ चैत १५ गते ९:४८ मा प्रकाशित

काठमाण्डु, १५ चैत– त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।

त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us