घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७७ चैत १३ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, १३ चैत– नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य घटेको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ ।
बिहीबार छापावाल सुन तोलाको ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन तोलाको ८६ हजार ३०० रुपैयाँमा रतेजाबी सुन तोलामा ८५ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १२३० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us