काठमाण्डु, १२ चैत– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से दोहोरो अंकले घटेको छ ।
बजार ओरालो लागे पनि कारोबार रकममा भने सुधार देखिएको छ । नेप्से २१ द्यशमलब २९ अंकले घटेर २ हजार ५ सय ४८ दशमलब ९७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ प्रतिशतले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार ६ अर्ब ५० करोड ८ लाख ६ हजार ४० रुपैयाँ मूल्यको ७२ हजार ३ सय ३४ कारोबारबाट २ सय ८ कम्पनीका १ करोड २१ लाख ३४ हजार ३ सय ५७ कित्ता सेयर किनबेच भएको छ ।
समग्रमा बजार घटे पनि व्यापार, होटल तथा पर्यटन र लगानी उपसमूहका लगानीकर्ताले भने कमाएका छन् । होटल तथा पर्यटन उपसमूह ४.४५, व्यापार उपसमूह ३.९४ र लगानी उपसमूह १.४ प्रतिशतले बढेको छ । बिहीबार पनि अत्याधिक वृद्धि हुनेको सूचीमा चन्द्रागिरि हिल्स रहेको छ । उक्त कम्पनीको शेयर मूल्य २ हजार ६९ पुगेको छ ।