काठमाण्डु, १० चैत– नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य घटेको छ ।
सोमबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, भने तेजाबी सुन तोलामा ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।