
झापा, १० चैत– भारतबाट लुकाएर ल्याइएको अवैध मदिरासहित १ जना पक्राउ परेका छन् ।
झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गमा चेकजाँचको क्रममा ९५ बोतल मदिरा बरामद गरेको जिल्ला प्रहरी झापाले जनाएको छ ।
चेकजाँचको क्रममा मे १ ज ३३५१ नम्बरको गाडी चालक इलाम सुर्याेदयन गरपालिका–२ का २८ वर्षीय प्रकाश खड्का मदिरासहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनको साथबाट प्रहरीले ८४ पोतल ‘सिक्किम गोल्डेन’ र ११ बोतल ‘फायरबल’ मदिरा बरामद गरेको छ ।
प्रहरीले झापाबाट बरामद गरेका मदिरा आन्तरिक राजश्व कार्यालय चन्द्रगढीमा बुझाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।