थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७७ चैत ८ गते १७:२७ मा प्रकाशित

देशभरका प्रयोगशालामा ३ हजार १८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको छ ।

उनीहरु मध्ये २ लाख ७१ हजार ९२१ जना संक्रमणमुक्त भएका छन् भने कुल ३०१६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us