
काठमाण्डु, ७ चैत– प्रधानमन्त्री केपी ओलीले अन्नपूर्ण धौलागिरि हिमाल आरोहण गर्न जान लागेकी माया शेर्पालाई बिदाई गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोही शेर्पालाई बिदाई गरे । ओलीले सफलतापूर्वक हिमाल आरोहण गरेर पर्कन शेर्पालाई शुभकामना दिएका छन् ।
आरोहणका क्रममा स्वास्थ्य अवस्थाको विचार गर्न ओलीले सुझाए । तीनपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी शेर्पाले हालसम्म विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएकी छन् । जसमध्ये पाँचवटा हिमालको उनले आरोहण सकेकी छन् ।
शेर्पाले सन् २००३ देखि हिमाल आरोहणको यात्रा थालेकी हुन् ।