
काठमाण्डु, ७ चैत– एमाले सांसद् कृष्णभक्त पोखरेल ओली समूहको बैठकमा सहभागी भएका छन् ।
एमाले चितवनका अध्यक्षसमेत हरेका पोखरेल यसअघि नेपाल समूहमा थिए । नेपाल समूहको ४ र ५ चैतमा ललितपुरमा आयोजित राष्ट्रिय भेलामा समेत सक्रिय सहभागी पोखरेल शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको दल बैठकमा सहभागी भएका हुन् । पोखरेलले आफूले एमाले एकता बचाउन ओलीलाई समर्थन गरेको बताएका छन् ।
बैठकमा नेपाल पक्षका सांसद् भने सहभागी भएका छैनन् । नेपाल पक्षका केही सांसदले बालुवाटार पुगेर अध्यक्ष ओलीलाई ३८ जनाको हस्ताक्षरसहित पाँच बुँदे ज्ञापनपत्र बुझाएका छन् ।