हजुरबुबाले गरे नातिनी बलात्कार

काठमाण्डु टुडे २०७७ चैत ५ गते ७:०७ मा प्रकाशित

काठमाण्डु, ५ चैत– आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६ वर्षीय वृद्धलाई आजीवन कारावाससहित थप चार वर्षको कैद सजायको फैसला सुनाएको छ । त्यसैगरी, जरिवानाबापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषमा चार हजार चार सय रुपैयाँ भराउन पनि अदालतले आदेश गरेको स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

कसुरदारले साउन १२ गते घरमा कोही नभएका बेला पीडितलाई बलात्कार गरेको भन्दै परिवारबाटै भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तत्काल पक्राउ परेका आरोपितलाई अदालतले असोज २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।  अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us