निफ्रासँग नेप्सेले माग्यो स्पष्टीकरण

काठमाण्डु टुडे २०७७ चैत ४ गते १६:०८ मा प्रकाशित

काठमाण्डु, ४ चैत– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले ले नेपाल इन्फ्रास्ट्रक्च बैंक (निफ्रा) सँग स्पष्टीकरण सोधेको छ ।

शेयर बजारमा मूल्य बढाउन चलेखेल गर्ने मनसायले सूचना प्रवाह गरेको भन्दै एक्स्चेन्जले बैंकसँग प्रष्टीकरण सोधेको हो । बैंकका अधिकारीहरुको हवाला दिँदै सञ्चार माध्यममा निफ्राले तीन करोड डलरको ऋणपत्र जारी गर्ने तथा लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने समाचार प्रकाशित भएको थियो ।

समाचारका विषयमा आपत्ति जनाउँदै नेप्सेले बैंकसँग बुधबार लिखित स्पष्टीकरण माग गरेको हो । पत्रमा त्यसबारे सत्यतथ्य स्पष्ट गर्न भनिएको छ ।

नेप्सेले रणनीतिक साझेदार भित्र्याउने विषयमा कोसँग कस्तो छलफल भएको, बीमा कम्पनीहरुले खरिद गर्ने भनिएको बीमा बन्ड, कम्पनीको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्नेजस्ता धितोपत्र मूल्यमा प्रभाव पर्ने संवेदनशील सूचना बाहिर ल्याउनुको उद्देश्य र कारण खुलाउन निफ्रालाई निर्देशन दिएको छ ।

लिखित निवेदन बुझाउने समय सीमा तीन दिन तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us