सिन्धुली, ३ चैत– सिन्धुलीमा मंगलबार साँझ जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
चालकसहित अरु ७ जना घाइते भएका छन् । बा१७च १११७ नम्बरको जिप कमलामाइ नगरपालिका–७ करङडाँडास्थित सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सिन्धुली प्रहरीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार दुर्घटनामा कमलामाइ नगरपालिका बाँसकोटका अन्दाजी ६२ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनका छोरा दुई वर्षीय मनिष छन् ।
घाइतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । ११ जना सवार जिप अन्यिन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।