दाजुको मोटरसाइकल जलाउने भाई पक्राउ

काठमाण्डु टुडे २०७७ चैत १ गते १०:५२ मा प्रकाशित

सर्लाही, १ चैत– सर्लाहीमा दाजुको मोटरसाइकल जलाएको आरोपमा भाई पक्राउ परेका छन् ।

जिल्लाको ईश्वरपुर नगरपालिका(६ बयलबासका ऐसान अन्सारीलाई मोटरसाइकल जलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ऐसानमाथि ठूलो बुबाका छोरा (दाजु) मुस्तुफा अन्सारीको पल्सर मोटरसाइकल जलाएको आरोप छ ।

ऐलानले घरमा राखेको प्र२(०३(०१२ प २६०३ नम्बरको मोटरसाइकल शुक्रबार राति चोरेर स्थानीय नारायण माविको चौरमा लगी मोटरसाइकलमा आगो लगाइदिएका थिए । सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको जानकारी दिए ।

कुँवरले अनुसार ऐसानले मोटरसाइकल आफूले जलाएको स्वीकार गरेका छन् । मुस्तुफासँगको व्यक्तिगत रिसीइबीका कारण आफूले मोटरसाइकल जलाइदिएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us