
काठमाण्डु, २८ फागुन– जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले जसपा मुसा दौडमा नभएको बताएका छन् ।
आत्मुमीक्षा गर्दै अग्रगामी निकास दिने बेला आएको उल्लेख गरेका भट्टराईले म्युजिकल चेयरको खेलमा आफूहरू नरहेको उल्लेख गरेका छन्।
देश संकटमा परेका बेला नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको पनि भट्टराईको भनाइ छ। ‘देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको भन्र्दै, अदालतको कृपाले अलिअलि लाज बचेको बेला उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त। जसपा त्यो मुसादौडमा नभएको उनको भनाई छ।
बिहीबार प्रधानमन्त्रीसँग जसपाका नेताहरुले भेटवार्ता गरेका थिए। जसपा पदाधिकारी बैठकले पाँच शीर्ष नेताले प्रधानमन्त्री ओलीसँग कुराकानी गर्ने भने पनि भट्टराई बालुवाटार गएका थिएनन्। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र आफ्नै अस्तित्वमा आएका छन्।
प्रधानमन्त्री ओलीलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएमा प्रधानमन्त्री ओलीले बहुमत पुर्यािउन अर्को कुनै दलको समर्थन खोज्नुपर्ने हुन्छ।
जसपाले आफ्ना सांसद रेशम चौधरीलगायतलाई छोड्न माग गरिरहेको छ।