ब्याई फ्रेण्ड हत्या गर्ने कल्पनालाई आजीवन काराबास सजाय

काठमाण्डु टुडे २०७७ फागुन १९ गते १८:४२ मा प्रकाशित

काठमाण्डु, १९ फागुन– काठमाण्डुको गोंगबुमा केटा साथी (ब्वाई फ्रेण्ड) को हत्या गरी बोरामा शव फालेकी कल्पना मुडभरीलाई आजीवन काराबार सजाय भएको छ ।

जिल्ला अदालत काठमाण्डुले मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको हो । घटनामा कल्पनाकी छोरीको भने संलग्नता नदेखिएकाले सफाई पाएकी छन् ।

गोंगबुको गणेशस्थानमा गत २५ साउनमा गते दाङका कृष्णबहादुर बोहराको शव टुक्राटुक्रा भयको अवस्थामा फेला परेको थियो । घटनाको एक दिनपछि बोहराको टाउको र खुट्टा झोलामा र शरीर सुटकेसमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा कल्पनाको संलग्नता पुष्टि भएको थियो ।

प्रहरी अनुसन्धानमा कल्पना र कृष्णबहादुरबीच प्रम सम्बन्ध रहेको र सम्बन्धमा खटपट भएपछि मदिरामा विष मिसाएर खुवाएपछि कल्पनाले हत्या गरेको पुष्टि भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us