
काठमाण्डु, १८ फागुन–नेकपा ओली समूहका सांसद कृष्णकुमार श्रेष्ठ (किसन श्रेष्ठ) प्रचण्डले आफूलाई मन्त्री बनाउने प्रस्ताव नगरेको बताएका छन् ।
सञ्चार माध्यममा त्यसबारे समाचार आएपछि श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेका हुन् । विज्ञप्तिमा श्रेष्ठले मन्त्रीका लागि प्रचण्डले प्रस्ताव नगरेको भन्दै आफू पार्टी एकताको पक्षमा रहेको उल्लेख गरेका छन् ।
श्रेष्ठले प्रतिनिधिसभा पुर्नस्थापनापछि केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले सांसदहरुलाई आफ्नो पक्षमा उभिन टेलिफोन गर्नु र भेट्नु सामान्य भएको श्रेष्ठको भनाइ छ । उनले आफूसँग प्रतिक्रिया नलिई समाचार प्रकाशित गरिएको भन्दै आपत्ति जनाए ।