

पूर्वी नवलपरासी, १८ फागुन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीमा दुई ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक गएराति १२ बजेको समयमा आपसमा ठोक्किँदा दुवै ट्रकका चालकको मृत्यु भएको हो । दुर्घटनामा चालकद्वय पोखराका ५१ वर्षीय खिमबहादुर विक र मकवानपुरका ३५ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते विक र न्यौपानेले उपचारका क्रममा डण्डास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । यस्तै दुर्घटनामा दुवै ट्रकका सह–चालक तनहुँको बन्दीपुरका १८ वर्षीय विश्वास शाही र दाङ बबईका घनश्याम खड्का घाइते भएका छन् ।
दुवैको अवस्था गम्भीर भएकाले थप उपचारका लागि चितवनको भरतपुर मेडिकल कलेज रेफर अरिएको अस्पतालले जनाएको छ ।