साताको पहिलो दिन शेयर बजारमा पहिरो

काठमाण्डु टुडे २०७७ फागुन १६ गते १८:१२ मा प्रकाशित

काठमाण्डु, १६ फागुन– साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ ।


अघिल्लो सातादेखि लगातार ओरालो लागेको नेप्सेमा ७९.७४ अंकले गिरावट आएको छ । नेप्से २५ सय विन्दुबाट तल झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २४ सय ७४ दशमलब ३९ अंकमा झरेको छ । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १४.५३ अंकले घटेको छ ।

आइतबार २०७ कम्पनीका १ करोड ६० लाख १७ हजार कित्ता सेयर ९६ हजार १ सय ५१ पटकको खरिद बिक्रिमा सेयरबजारमा ८ अर्ब ३५ करोड ५२ लाखको कारोबार भयो । होटल तथा पर्यटन उपसमूहको बाहेक बाँकी सबै १२ उपसमूह राताम्यै भए । समग्रमा बजार घटे पनि चन्द्रागिरि हिल्सको सेयरमा भने सकारात्मक सर्किट लाग्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us