
चितवन, ११ फागुन– बिनाविभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघनबारे सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् ।
नेकपाको ओली समूह निकट पत्रकारको संस्था प्रेस संगठनले मंगलबार चितवनमा गरेको पत्रकार भेटघाटमा पोखरेलले प्रतिनिधिसभा पुर्नस्थापनिा भए पनि स्वीकार गर्ने बताए ।
प्रधानमन्त्री केपी ओलीले अदालतले आफ्नो अनुकुल हुने गरी फैसला नगरे आन्दोलन गर्ने चेतावनी दिएकामा सर्वत्र विरोध भइरहेका बेला पोखरेलो यो भानाइ आएको हो । उनले अदालतको फैसला मान्दिन भन्नु अलोकतान्त्रिक हुने टिप्पणी गरे । ‘सर्वोच्च अदालतले जे जस्तो फैसला गरे पनि हामी स्वीकार गर्छौं’, पोखरेलले भने, ‘लोकतन्त्रमा अदालतको फैसला नभन्ने भन्ने हुँदैन ।’
पोखरेलले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरे । लोकतन्त्रमा जनतामा जाने विषय अलोकतान्त्रिक नहुने जिकिर गर्दै पोखरेलले को ठीक, को बेठीक भन्ने निर्णय गर्ने अधिकार जनतालाई दिनुपर्ने बताए ।
पोखरेलले नेकपाको पहिलो अध्यक्ष भएको ओली समूहले नै नेकपाको आधिकारिकता र चुनाव चिन्ह पाउने दाबी गरे ।