
गुल्मी, ५ फागुन– गुल्मीको रेसुङ्गा नगरपालिका–१४ ठूलो पँधेरामा बुधबार साँझ भएको सवारी जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
सदरमुकाम तम्घासबाट पराल्मीतर्फ जाँदै गरेको लु१ज १९८८ नम्बरको जिप सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा अरु ६ जना घाइते छन् । मृत्यु हुनेमा ४८ वर्षीय एकराज पोखरेल, २८ वर्षीया शान्ति नेपाली र २७ वर्षकी गोमा नेपाली छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषेत्तम पाण्डेका अनुसार पोखरेलको घटनास्थलमै र नेपालीद्वयको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते पाँच जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
एक जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ । पिजमा ११ जना सवार रहेकामा दुई जनाले हालमाफेलर ज्यान जोगाएका थिए ।