
ताप्लेजुङ, २९ माघ– बच्चा जन्माएपछि अत्याधिक रक्तश्राबका कारण ज्यानै जोखिममा परेकी एक महिलाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।
ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत
उनलाई विराटनगर लगिएको हो । भट्टराईको कोसी अस्पतालमा उपचार भइरहेको छ ।
हात मात्र बाहिर निस्किएर लामो समय बच्चा अड्किएको थियो । सोही क्रममा पाठेघरमा घाउ भएर अत्याधिक रक्तश्राब भएको सिरिजङ्घा–५ का वडाध्यक्ष पूर्णसिंह लिम्बूले जानकारी दिए । हेलिकोप्टर पुग्दा बच्चा जन्मिएको भए पनि रक्तश्राब नरोकिएकाले अस्पताल लगिएको उनले बताए ।